काठमाडौँ : नायिका सन्ध्या केसीले विवाह गरेकी छन् । उनले आभूषण ज्योति कंसकारसँग कानुनी विवाह गरेकी हुन् । सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गर्दै उनले विषम् परिस्थितिका कारण सामान्य विवाह गरेको बताएकी छन् । अबको यात्रा एकसाथ लेख्दै उनले पुनः धार्मिक रीतिरिवाजअनुसार विवाह गर्ने बताएकी छन् ।
उनले सार्वजनिक गरेको तस्बिरमा लगाएको पहिरन उनी स्वयम्ले डिजाइन गरेकी हुन् भने गहना उनकी सासूले दिएको उनी स्वयम्ले बताएकी छन् । सुनौलो रङ्गको साडीमा सन्ध्यालाई आकर्षक देखिएको छ भने उनी स्वयम्ले गरेको मेकअप अनि हाँसोले सुनमा सुगन्ध थपेको छ ।
सन्ध्याले आफ्नो जोडीको नाम आध्या दिएकी छन् । पछिल्लो समय जोडीको नाम मिलाएर केही अर्को नाम राख्ने चलन बढ्दो छ । सन्ध्या र आभूषणलाई वैवाहिक जीवनको शुभकामना ।