जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदभार हस्तान्तरण
कार्यक्रम सम्पन्न भएको छ । टोकियोमा आईतबार पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट रविन्द्र श्रेष्ठको नेतृत्वमा निर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
महासंघ जापान शाखाका निवर्तमान अध्यक्ष शान्त पहरीले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई संस्थागत बुझबुझारत समेत सम्पन्न भएको थियो । पदभार कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रवासमा रहेका पत्रकारहरू एकजुट भएर काम गर्न आग्रह गर्दै प्रवासबाट पत्रकारिता गरेपनि पत्रकार आचारसंहिता पालना गर्न सबै पत्रकारलाई आग्रह गर्नु भयो । फरक प्रसंगमा बोल्दै अध्यक्ष
शर्माले तोकिएको समयमा नै निष्पक्ष निर्वाचन हुनुपर्ने कुरामा जोड दिनुभयो।
यसैगरी, पत्रकार महासंघ जापान शाखाले “प्रवासमा जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोगु विषयक एकदिने प्रशिक्षण
कार्यक्रम सम्पन्न गरेको छ। प्रशिक्षण कार्यक्रमको सहजिकरण गर्दै पत्रकार महासंघ केन्द्रीय अध्यक्ष शर्माले प्रवासमा काम गर्ने पत्रकारहरूले तथ्यपरक सूचना, पेशागत आचारसंहिता र सामाजिक सञ्जालको जिम्मेवारीपूर्ण प्रयोगमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।