×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

दोहोरी गीत प्रतिष्ठान जापान शाखामा पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

दोहोरी गीत प्रतिष्ठान जापान शाखामा  पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

 टोकियो।  जापानको टोकियोमा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखा को चौथो अधिवेशन नोभेम्बर ३० तारिख आईतबार सम्पन्न भएको छ। अधिवेशनले समुन्द्रराज पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । 

अधिवेशनमार्फत चयन भएको नयाँ कार्यसमितिमा अध्यक्ष समुन्द्रराज पौडेल, प्रथम उपाध्यक्ष सोना केसी, द्वितीय उपाध्यक्ष प्रेम कुमार बस्नेत, महिला उपाध्यक्ष शिबा केसी, सचिव अर्जुन सुबेदी, सह–सचिव दिपक कडेल “सफल”, कोषाध्यक्ष बिशाल क्षेत्री, सह–कोषाध्यक्ष बिष्णु हरी कडेल, तथा सदस्यहरूमा( बाला दुरा, मेघराज सापकोटा, गोकुल सापकोटा, सुरेन्द्र लाम्गाडे, तुल्सा सापकोटा, रेशम सुनार, सृजना कुबर, रबिन देबकोटा, दुर्गेश कार्की, राम शरण रसाइली, बिबेक काफ्ले ९बिकास०, जुना गौतम र तेजेन्द्र भन्डारी रहेका छन्।

अधिवेशनमा उपस्थित कलाकार, समुदायका प्रतिनिधि, पत्रकार र अतिथिहरुले नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गर्दै प्रतिष्ठानले सुरु गरेको सांगीतिक अभियान जापानमा मात्र नभई विश्वभर रहेका नेपाली समुदायमा सांस्कृतिक पहिचानको रूपमा फैलिनुपर्ने आवश्यकता औंल्याएका थिए।

प्रतिकृया दिनुहोस्