×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल टी-२० लिग : काठमाडौँको तेस्रो जित, जनकपुरको दोस्रो हार

नेपाल टी-२० लिग : काठमाडौँको तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौँ- काठमाडौँ नाइट्सले नेपाल टी-२० लिगमा आइतबार जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ । लिगमा काठमाडौँको यो तेस्रो जित हो । यसअघिको खेलमा पनि काठमाडौँसँग नै पराजित भएको जनकपुरको लिगमा यो दोस्रो हार हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

काठमाडौँका लागि ओपनर सुनम गौतमले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले । र्‍यान बर्लले ६१ रनको अविजित पारी खेले । एलेक्स ब्लेकले १२ बलमा २० रन बनाए । जनकपुरका लागि जितेन्द्र मुखियाले ४ ओभर बलिङ गर्दै ३८ रन खर्चेर ३ विकेट लिए । सराफुदिन असरफ र त्रिभोन ग्रिफ्दले समान १-१ विकेट लिए ।

काठमाडौँले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा ९० रन बनाउँदै अल आउट भयो । जनकपुरका लागि सराफुदिन असरफले सर्वाधिक ३७ रन बनाए । सोमपाल कामीले २१ रन बनाए ।

काठमाडौँका लागि अभिनाश बोहोराले सर्वाधिक ४ विकेट लिए । अजमतुल्लाह ओमाजारईले २ विकेट लिए । कमल सिंह ऐरी, अनिल खरेल र वसिर अहमदले समान १-१ विकेट लिए ।

प्रतिकृया दिनुहोस्