×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

७८ लाखको घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो

७८ लाखको घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो

काठमाडौं - घुस प्रकरणमा मुछिएर पदबाट राजीनामा दिएका पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 'भ्वाइस टेस्ट' (आवाज परीक्षण) का लागि बोलाएको छ ।

अख्तियारले गुप्तालाई ७८ लाख रुपैयाँ घुस लेनदेनसम्बन्धी सार्वजनिक अडियोको आवाज परीक्षणका लागि मंगलबार उपस्थित हुन निर्देशन दिएको हो । यही अडियो प्रकरण बाहिरिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

भूमिसुधार तथा मालपोत कार्यालय, पोखराका प्रमुखको सरुवा रोक्न र भूमि आयोग, कास्कीको अध्यक्षमा नियुक्ति दिलाउन ७८ लाख रुपैयाँ घुस मागेको आरोप गुप्तामाथि छ । सोही विषयमा भएको कुराकानीको अडियोसहित उजुरी परेपछि अख्तियारले छानबिन अगाडि बढाएको हो ।

पूर्वमन्त्री गुप्ताले भने अडियोमा भएको आवाज आफ्नो नभएको दाबी गर्दै आएका छन् । तर, उनले घुसबापतको रकम राखिएको झोला आफ्नो सरकारी निवासमा छाडिएको स्वीकार गरेका थिए । अडियो आफ्नो नभएको जिकिर गरेपछि अख्तियारले आवाज परीक्षण गरेर अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने तयारी गरेको छ ।

अख्तियार स्रोतका अनुसार, आयोगको प्रारम्भिक अनुसन्धानमा अडियोमा रहेको आवाज गुप्ताकै भएको देखिएको छ । नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत रहेका गुप्ता हाल पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा सहभागी छन् ।

प्रतिकृया दिनुहोस्