काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा समाजसेवी राेविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द) निर्वाचित भएपछि उनका समर्थकहरुमा खुशीयाली छाएको छ । एनआरएनएको दशौँ बिश्व सम्मेलनवाट सर्वसम्मतले निर्वाचित भएका श्रेष्ठ सबैका माझ चिर परिचित समाजिक अभियन्ता सहित सफल व्यबसायी पनि हुन् । उनको कामको मुल्याकंन भएकोमा बिश्वभरका एनआरएनए अभियन्ताहरुमा खुशियाली छाएको हो ।
यसअघि एसिया प्यासेफिक संयोजक रहेका श्रेष्ठ एक सफल व्यवसायीका साथै इमान्दार एनआरएनए अभियन्ता हुन् । उनले नेपाल लगायत अन्य देशहरुमा बिभिन्न क्षेत्रमा लगानी गरि करिब ४/५ सय जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । आपत विपतमा परेका नेपालीहरुलाई खुल्ला मनले सेवा गर्दै आएका बरिष्ठ समाजसेवी श्रेष्ठले नेपालमा संचालनमा आएका आफ्ना व्यबसायलाई अझै बिस्तार गरि केहि बर्ष भित्रमै थप २/३ सय नेपाली युवाहरुलाई रोजगारी दिने तयारीमा रहेको हामी सगँको कुराकानीमा बताएका छन् ।
२००५ देखि २००७ सम्म एनसिसी जापानको सदस्य रहेका श्रेष्ठ २००९ देखि २०११ सम्म को २ बर्षे कार्यकालमा एनसिसी जापानको उपाध्यक्ष भएर अभियानमा जोडिएका थिए, एनआरएन अभियानमा जोडीएर नेपालीहरुको समस्यामा साथ दिदै आएका श्रेष्ठले आफनो अभियानलाई निरन्तर जारी राखे र त्यसैको प्रतिफल २०११ देखि २०१३ को कार्यकालमा आइसिसी सदस्य, २०१३–०१५ अनि २०१५-०१७ को दुई कार्यकाल एसिया प्यासेफिक सहसंयोजक भएर काम गरेको अनुभव उनिसगँ छ ।
२०१७ देखि २०१९ सम्मको समयमा एनसिसी जापानको सल्लाहाकार रहेका श्रेष्ठ २०१९ देखि २०२१ को कार्यकालमा एसिया प्यासेफिक संयाेजक भए र हाल एनआरएन को दशौँ बिश्व सम्मेलनवाट सर्वसम्मत उपाध्यक्ष निर्वाचित भएका हुन् । एनआरएनए सर्गैँ उनि बिभिन्न सामाजिक संघ संस्थामा लागेर सामाजिक काममा पनि सक्रिय छन् ।
लायन्स क्लब काठमाडौँमा लागेर डिस्ट्रिक गभर्नर एम्बेसडर समेत भईसकेका श्रेष्ठले भावना इन्टरनेशननल कम्पनि स्थापना गरि फुड एण्ड वेभरेज,आयात निर्यात,रियल स्टेट, पार्किग, अपाटमेन्ट लगायतका क्षेत्रमा लगानी गरि युवाहरुलाई रोजगार दिएका छन् । शुभकामना ग्रुप अफ कम्पनिका अध्यक्ष समेत रहेका श्रेष्ठले नेपालका बिभिन्न बैक तथा वित्तीय संस्थाहरु केवलकार होटेल, स्वस्थ्य क्षेत्र लगायत रेमिट्यान्स कम्पनिहरुमा पनि लगानी गरेका छन् ।