×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

नयॉ कार्यसमिति चयन गर्दै पाल्पा समाज जापानको अधिवेशन सम्पन्न

नयॉ कार्यसमिति चयन गर्दै पाल्पा समाज जापानको अधिवेशन सम्पन्न

जापान । जापानमा बसोबास गर्ने पाल्पालीहरूको साझा संस्था 'पाल्पा समाज जापान'ले वविन रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अगस्ट २४ तारिख आईतवार टोकियोको शिनओकुबो स्थित बारकाडे गुड टाईम्समा सम्पन्न समाजको चौथो अधिवेशनले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सर्वसम्मतिबाट चयन गर्दै संगठनात्मक एकताको सन्देश दिएको हाे । समाजका अध्यक्ष निरन्जन गैरेको सभापतित्वमा सम्पन्न अधिवेशनमा समाजका सल्लाहाकार तोयानाथ पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

सांगठनिक अधिवेशनसँगै कार्यक्रमलाई सांस्कृतिक उत्सवको रूप पनि दिइएको थियो। हरितालिका तीजको पूर्वसन्ध्यामा आयोजित विशेष दर खाने कार्यक्रम ले जापानमा रहेका पाल्पालीहरूलाई एकै ठाउँमा ल्याएर पर्वको उल्लास साट्ने अवसर प्रदान गर्‍यो। अधिवेशन र तीजको कार्यक्रम दुवै भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

अधिवेशनवाट बरिष्ठ उपाध्यक्षमा सुवास बस्याल र अन्य दुइ उपाध्यक्षहरूमा सुमन न्यौपाने र ज्ञान जंग रायमाझी, महासचिवमा गंगालाल जि आर, सचिवमा बिश्व अर्याल,कोषाध्यक्षमा आकाश अर्याल र सह कोषाध्यक्षमा सागर पोखरेल निर्बिराेध चयन हुनुभएकाे निर्वाचन समितीका संयाेजक भरत ज्ञवालीले जानकारी दिनुभएकाे छ । त्यसैगरी  सदस्यहरुमा बिश्वबन्धु भण्डारी , युवराज अर्याल, बिबेक न्यौपाने, हिमाल अर्याल, नारायण भट्टराई, सागर अर्याल, मधुसुदन अर्याल र अस्मिता न्यौपाने पनि निर्विराेध  चयन हुनुभएकाे हाे । अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित नयाँ कार्यसमितिले समाजलाई आगामी कार्यकालका लागि दिशानिर्देश गर्नेछ।

प्रतिकृया दिनुहोस्