×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शैक्षिक गुणस्तर सुधारका लागि त्रिविका सबै कार्यक्रममा सेमेस्टर लागू गरिँदै

शैक्षिक गुणस्तर सुधारका लागि त्रिविका सबै कार्यक्रममा सेमेस्टर लागू गरिँदै

काठमाडौं - शैक्षिक गुणस्तर सुधारका लागि त्रिविका सबै कार्यक्रममा सेमेस्टर प्रणाली लागू गरिँदै, ई–एटेन्डेन्स र जग्गा फिर्ताको विषय पनि प्राथमिकतामा"
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले उच्च शिक्षाको गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित र पठनपाठनलाई प्रभावकारी बनाउन आफ्ना सबै शैक्षिक कार्यक्रममा सेमेस्टर प्रणाली लागू गर्ने तयारी थालेको छ। शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविका पदाधिकारीबीच सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण तथा परिमार्जनको काम तीव्र रूपमा अघि बढाइएको जानकारी गराइएको हो।

त्रिविका उपकुलपति प्राडा भोला थापा, शिक्षाध्यक्ष प्राडा अन्जना सिंह, रजिस्ट्रार सहप्राडा रविन्द्र शिवाकोटी, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा तथा मन्त्रालयका सहसचिवहरू सहभागी उक्त छलफलमा त्रिविको शैक्षिक ब्रान्ड स्थापित गर्ने, ई–एटेन्डेन्स लागू गर्ने र मापदण्डका आधारमा मात्र सम्बन्धन वितरण गर्ने विषयमा जोड दिइएको छ। उपकुलपति थापाले त्रिविलाई उत्कृष्टताको केन्द्र (सेन्टर फर एक्सिलेन्स) का रूपमा विकास गर्न विस्तृत कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। साथै, मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले त्रिविको अतिक्रमित जग्गा फिर्ता ल्याउन समग्र लगत तयार गरी खोजबिन गर्न मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताए।

प्रतिकृया दिनुहोस्