टोकियो । जापानमा विदेशी नागरिकहरुका लागी परिवर्तित नियम कानुनका बिषयमा जानकारी दिने उदेश्यले वेभिनार कार्यक्रम हुने भएको छ । गैर आवासिय नेपाली संघ (एनआरएनए) जापान अन्तर्गत चिवा क्षेत्रिय समन्वय परिषदले अनलाईन मार्फत बिभिन्न विज्ञहरुको सहभागितामा वेभिनार कार्यक्रम गर्न लागेकाे हाे ।
प्रत्येक महिना बिभिन्न बिषयमा राम्राे ज्ञान र अनुभव भएका बिशिष्ट अतिथिहरुसगँ अनलाईन लाईभ कार्यक्रम सञ्चालन गर्ने निर्णय भए बमाेजिम वेभिनारकाे पहिलाे एपिसाेड आगामी डिसेम्बर २० तारिख शनिवार बेलुकी सात बजेदेखि गर्न लागेको एनआरएनए चिवाका संयोजक राजन बाबु सुवेदीले जानकारी दिनुभएको छ ।
पहिलो एपिसोडमा जापानको बिश्वबिद्यालयमा लामो समयदेखि अध्यापन गराउदैँ विदेशी नागरिकहरुका लागी परिवर्तित नियम कानुनका बिषयमा ज्ञाता जिज्ञानकुमार थापा वक्ताकाे रुपमा रहनुहुने भएको छ । सो कार्यक्रम एनआरएनए चिवाकाे आधिकारिक फेसबुक पेज NRNA JAPAN CHIBA वाट प्रत्यक्ष प्रशारण हुने आयोजक संस्थाले जानकारी दिएको छ ।