×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

प्रवासमा अर्घाखाँचीवासीको आत्मीय मिलन, नागोयामा सम्पन्न भयो भव्य भेटघाट कार्यक्रम

प्रवासमा अर्घाखाँचीवासीको आत्मीय मिलन, नागोयामा सम्पन्न भयो भव्य भेटघाट कार्यक्रम

जापान । अर्घाखाँची समाज जापानको चुबु क्षेत्रीय समितिको आयोजनामा जापानको नागोयास्थित Sonai Ryokuchi Koen मा BBQ तथा आपसी भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नागोया तथा आसपासका क्षेत्रमा बसोबास गर्ने अर्घाखाँचीवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अर्घाखाँची समाज जापानका केन्द्रीय अध्यक्ष टोपबहादुर घर्ती, संरक्षक दिपक थापा, सल्लाहकार गणेशजङ्ग रायमाझी, उपाध्यक्ष अर्जुन आचार्य र सरोज भुसाल, महासचिव अविनाश जी.सी. सचिव असीम खनाल र चन्द्रप्रकाश भुसाल, कार्यसमिति सदस्य शङ्कर रायमाझी लगायत पदाधिकारी तथा सदस्यहरूको पनि सहभागीता रहेको थियो । 

सहभागीहरू बीच आत्मीय भेटघाट, अनुभव आदानप्रदान तथा भाइचाराको वातावरणमा सम्पन्न भएको कार्यक्रमले प्रवासमा रहेका अर्घाखाँचीवासीहरूबीच एकता, सद्भाव र सहकार्यलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन् । कार्यक्रमलाई सफल बनाउन चुबु क्षेत्रीय समितिका अध्यक्ष मनोज खनाल, सचिब माधव खत्री लगायत कार्यसमितीले  गरेको व्यवस्थापन, आतिथ्यता र समन्वयको सबै सहभागीहरूले प्रशंसा गरेका छन् । 

कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण योगदान पुर्‍याउने सम्पूर्ण आयोजक टोली, स्वयंसेवक तथा सहभागीहरूप्रति अर्घाखाँची समाज जापानले धन्यवाद व्यक्त गरेको छ। समाजले आगामी दिनहरूमा पनि चुबु क्षेत्रीय समितिमार्फत सामाजिक, सांस्कृतिक तथा समुदायलाई एकताबद्ध बनाउने विविध कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्