×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कर्णालीलाई हराउँदै अन्नपूर्ण स्पाइकर किंग्स बन्यो एनभीएलको च्याम्पियन

कर्णालीलाई हराउँदै अन्नपूर्ण स्पाइकर किंग्स बन्यो एनभीएलको च्याम्पियन

काठमाडौं - अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको च्याम्पियन बनेको छ। शनिबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको रोमाञ्चक फाइनल खेलमा कर्णाली शिवराजलाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्नपूर्णले उपाधि चुमेको हो।

अन्नपूर्णले फाइनल खेल २५-१५, २५-२० र २५-१८ को सहज जित निकाल्दै समूह चरणमा कर्णालीसँग बेहोरेको हारको बदला समेत लिएको छ। जितसँगै च्याम्पियन टोली अन्नपूर्णले नगद २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। केडिया ग्रुपको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोलीहरूले सहभागिता जनाएका थिए।

प्रतिकृया दिनुहोस्