काठमाडौँ- मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले आज हङकङविरुद्ध खेल्दैछ । नेपाल–हङकङबीचको खेल किनरारा ओभलमा मध्यान्ह १२ बजे सुरु हुनेछ । हङकङविरुद्ध मैदान उत्रदा नेपाल लगातार चौथो जितको खोजीमा हुनेछ ।
मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले आज हङकङविरुद्ध खेल्दैछ । नेपाल–हङकङबीचको खेल किनरारा ओभलमा मध्यान्ह १२ बजे सुरु हुनेछ । हङकङविरुद्ध मैदान उत्रदा नेपाल लगातार चौथो जितको खोजीमा हुनेछ ।
आज विजयी भए नेपाल समूह विजेता बन्नेछ । नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । हङकङविरुद्ध हालसम्म नेपालले दुईवटा म्याच खेलेको छ । जसमा नेपालले एकमा जित र एक खेलमा हार बेहोरेको छ ।
समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । हङकङ २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा छ । यसअघि नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कपमा छनोट हुनेछन् ।