काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् । काठमाडौं महानगरपालिकाको फोहोर ल्याण्डफिल साइटको समस्याले गर्दा उठ्न सकेको छैन ।
जसका कारण काठमाडौंको सडक पेटिमा फोहोरहरु थुप्रिएको छ । साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’