×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कौशलटारमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा नष्ट

कौशलटारमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा नष्ट

काठमाडाैँ- भक्तपुरको कौशलटारमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले नष्ट गरेको छ । मंगलबार बिहान ७ बजेतिर भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले नष्ट गरेको प्रहरीले जनाएको छ । 

कौशलटारको कमलधारामा रहेको मिलिजुली हार्डवेयरको छेउमा शंकास्पद तरिकाले प्रेसर कुकर भेटिएपछि नागरिकले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि पुगेका सुरक्षाकर्मीले नेपाली सेनालाई खबर गरेका थिए । सेनाको टोलीले उक्त प्रेसर कुकर डिस्पाेज गरेको हो । कुकरभित्र बिजुलीको केही तार, इँटाको धुलो र ‘नो एमसीसी’ लेखिएको कागज भेटिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्