×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रपति भोलि मुस्ताङ जाने

राष्ट्रपति भोलि मुस्ताङ जाने

बागलुङ- राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा जाने भएकी छिन् ।

राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।राष्ट्रपति शुक्रबार बिहान ८ बजे मुक्तिनाथ आइपुग्ने कार्यक्रम रहेको छ ।

मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति भोलि नै फर्किने छिन् । राष्ट्रपतिबाट मुक्तिनाथको रानी पौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन हुने जनाइएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ ।

प्रतिकृया दिनुहोस्