×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ऊर्जामन्त्री घिसिङ र गृहमन्त्री अर्यालद्वारा नेपाल प्रहरी अस्पतालमा घाइतेसँग भेट

ऊर्जामन्त्री घिसिङ र गृहमन्त्री अर्यालद्वारा नेपाल प्रहरी अस्पतालमा घाइतेसँग भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी अस्पतालमा पुगेर घाइतेहरूसँग भेटवार्ता गरेका छन्।

ऊर्जामन्त्री घिसिङको सचिवालयका अनुसार, भेटका क्रममा उनीहरूले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

उक्त अस्पतालमा १६ जना प्रहरी र १ जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ। यसअघि उनीहरूले आजै संघीय संसद् भवन र मन्त्री क्वार्टरको पनि अनुगमन गरेका थिए।

यहाँ नेपाल प्रहरी अस्पतालको एउटा दृश्य छ।

प्रतिकृया दिनुहोस्