काठमाडौं- सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस तीन जनाविरुद्ध संसदीय सुनुवाइका लागि उजुरी आह्वान भएको छ । संसदीय सुनुवाइ समितिले सार्वजनिक सूचना जारी गरेर न्यायाधीशमा सिफारिस नीता गौतम दीक्षित, विनोद शर्मा र दिननाथ पराजुलीविरुद्ध सात दिनभित्र उजुरी दिन भनेको हो ।
न्यायपरिषद्को २१ भदौको बैठकले दुई जना उच्च अदालतका मुख्य न्यायाधीश र एक जना अधिवक्तालाई सर्वाेच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले सिफारिस गरिएकाहरूलाई ‘न्यायाधीशमा नियुक्ति गर्नु ठिक छैन भन्ने कसैलाई लागेमा कार्यालय समयभित्र ७ असोजभित्र उजुर दिन’ भनेको छ ।
न्यायपरिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट न्यायाधीश नियुक्त हुने प्रावधान छ ।