×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राखेप फर्किए सदस्य सचिव घिसिङ

राखेप फर्किए सदस्य सचिव घिसिङ

काठमाडाैँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ बुधबारबाट राखेप फर्किएका छन् । राखेपको सदस्यसचिवको विवाद समाप्त भएसँगै बुधबार राखेपमा फर्किएका घिसिङले आफ्नो कामकाज शुरू गरेका छन् । सर्वोच्च अदालतले मंगलबार तत्कालीन राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति दायर गरेको रिट निवदेन खारेज गरेपछि सदस्यसचिवको विवाद समाप्त भएको हो ।

राखेपमा फर्केपछि घिसिङले चालु आर्थिक वर्ष भित्र नै राष्ट्रिय खेलकुद आयोजनाको निम्ति प्रयास गर्ने बताए । उनले राष्ट्रिय खेलकुदका लागि बैशाख ३० गतेसम्मको समयलाई दूरदर्शी योजना तयार गर्न उपयोग गर्ने जिकिर गरे ।

त्यस्तै, उनले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागितालाई बढाउनका लागि आवश्यक ट्रेनिङको व्यवस्था हुनुपर्ने जनाए । उनले समग्र खेलकुदको विकासका लागि सातै प्रदेशसँग छलफल गर्ने जानकारी दिए ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेलकुद विकास ऐन, २०७७ अनुसार सदस्यसचिवको बर्खास्ती र नियुक्ति गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्