काठमाडौं- नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले २० बुँदे काठमाडौं संकल्प जारी गरेका छन्। बिहीबारदेखि राजधानीमा आयोजित २ दिने भेलाबाट उनीहरूले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन्।
जारी संकल्प पत्रमा उनीहरूले आफुहरू शासक होइन, जनताको सेवक बन्ने, आफुहरूको नेतृत्वमा रहेका पालिकाहरूमा सुशासनका नमूना बनाउने, सदाचारमा नमूना बन्ने, कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका बुँदाहरू रहेका छन्।
संकल्प पत्रमा सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढंगले र सार्वजनिक हितमा प्रयोग गरिने समेत उल्लेख छ। त्यस्तै छिटो र सुलभ सेवा प्रवाहमा सहज, जनमुखी विकासमा पनि जिम्मेवारीपूर्वक भूमिका निभाउने उनीहरूको संकल्प छ।