×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नायक कुङ्साङ्ग र आरजु मैले जिउँने संसार भन्दै रोमान्टिक अवतारमा

नायक कुङ्साङ्ग र आरजु मैले जिउँने संसार भन्दै रोमान्टिक अवतारमा

काठमाडौँ। जेल पनि सहुँला जस्ता चर्चित गीत दिएका गायनका जोडि बलबहादुर राजबँशी र मेलिना राईको स्वरमा मैले जिउँने संसार बोलको गीत सार्वजनिक भएको छ । गीतको शव्द रमेश मास्केले लेखेका हुन् भने गीतमा सँगीत स्वयम् गायक बलबहादुर राजबँशीको नै रहेको छ ।

गीतमा संगीत संयोजन सुरज श्रेष्ठले गरेका हुन् भने मिक्सिङ्ग तथा मास्टरिङ्ग चन्द्र चौधरीको रहेको छ। गीतमा नायक कुङ्साङ्ग बोम्जन र आरजु चौधरी राजबँशीको अभिनय देख्न सकिन्छ ।

गीतको छायांकन तथा सम्पादन पवन सुसलिङले गरेका हुन् भने निर्देशन जीवन शाहिले गरेका हुन्। गीत जति मिठो छ भिडियोपनि त्यतिनै आकर्षक बनेको छ । गायक राजबँशी भोईस अफ नेपाल सिजन २ का टप नाईन सम्म पुगेका गायकपनि हुन् ।

गायक राजबँशीका नेपाली मात्र नभै राजबँशी , भोजपुरी र मैथली भाषामा धेरै गीतहरु सार्बजनिक भई सकेका छन्।उक्त गीतलाई बल बहादुर राजबँशी युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

https://youtu.be/EkXzJGVZsTY?si=gmF-3WCblUF3oZbG

प्रतिकृया दिनुहोस्