काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र सरकार गठन गर्न दलहरुलाई अह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । त्यसकालागि पुस १० गते साँझ ५ बजेसम्मको म्याद दलहरुले पाएका छन् ।
संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने उल्लेख छ ।