काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारमा जनमत पार्टीलाई सहभागी गराउन आफ्नै पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने तयारी गर्नुभएको छ । सत्ता साझेदार जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले आफ्नै पार्टीका एक मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा ल्याउने तयारी गर्नुभएको हो ।
माओवादीले सरकारमा रहेका पाँच मन्त्रीमध्ये संस्कृति पर्यटन तथा नागरिक उ्ड्यनमन्त्री सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीमध्ये एक जनालाई सरकारबाट फिर्ता बोलाउने र जनमतको सत्तारोहण गराउने तयारीमा लागेको निकट एक नेताले जानकारी दिएका छन् ।
माओवादीबाट अहिले सरकारमा प्रधानमन्त्री प्रचण्डसहित नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि,अमनलाल मोदी,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उ्ड्यन मन्त्री र सुशीला श्रीपाली राज्यमन्त्री रहेका छन् ।