काठमाडौँ । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले अभिनेत्री थापासहित १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।गत मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापा महामन्त्रीमा कुन्ती शाहीसँग पराजित भएकी थिइन् ।
थापासँगै लिलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही ठकुरी सुर्खेत, स्वाती थापा रुपन्देही, पुष्पा रजौरिया कपिलवस्तु, लक्ष्मी तण्डुकार काठमाडौं, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, जयाकुमारी महतो सप्तरी र सावित्रा थापा काठमाडौँलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।