×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एकिकृत समाजवादी अछामले छान्याे उम्मेदवारकाे नाम,बहालवाला मन्त्री पनि सिफारिसमा

एकिकृत समाजवादी अछामले छान्याे उम्मेदवारकाे नाम,बहालवाला मन्त्री पनि सिफारिसमा

अछाम - आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागी नेकपा एकिकृत समाजवादी अछामले उम्मेदवारहरुकाे नाम सिफारिस गरेको छ । देशका अन्य जिल्लाहरुमा जस्तै अछाम जिल्लामा पनि उत्त पार्टीको जिल्ला कमिटीको बैठकले उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । आईतबार जिल्ला सदरमुकाम मंगलसेनमा पार्टीको जिल्ला कमिटी बैठक बसि दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको जिल्ला इन्चार्ज कुलबहादुर कुँवरले जानकारी दिनुभएको छ।

प्रतिनिधि सभामा दुई निर्वाचन क्षेत्र रहेको अछाममा क्षेत्र १ बाट बर्तमान श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शेरबहादुर कुँवरको एकल नाम सिफारिसमा परेकाे छ भने क्षेत्र २ मा पार्टीका जिल्ला उपसचिव नमराज न्यौपानेको नाम सिफारिस गर्ने निर्णय गरेको सो दलले जनाएको छ ।

यस्तै, प्रदेशको प्रत्यक्ष निर्वाचनका लागि अछाम –१ को ‘क’ प्रदेशमा कुलबहादुर कुँवर र हिक्मत कुँवरलाई सिफारिस गरिएको छ । कुलबहादुर समाजवादीका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज हुनुहुन्छ । ‘ख’ प्रदेशमा जिल्ला अध्यक्ष हिरण्ड भट्टराई र रत्ना तामाङ सिफारिसमा पर्नुभएको छ ।  

अछाम–२ को प्रदेश ‘क’ डबल चलाउने, दुर्गा बोहरा र दीपक विष्ट सिफारिसमा पर्नुभएको छ । यस्तै ‘ख’ प्रदेशमा केन्द्रीय सदस्य शंकर भण्डारी, जिल्ला सचिव नवराज साउँद र जिल्ला उपसचिव नयन सोडारी उम्मेदवारका लागि सिफारिस हुनुभएको छ ।  

प्रतिनिधिसभाको समानुपातिकतर्फ बिन्द्रा साउँद, बलबहादुर सोडारी, योगेन्द्र विष्ट र भक्त शाही उम्मेवारका लागि सिफारिसमा पर्नुभएको छ । प्रदेश सभाको समानुपातिक उम्मेदवारमा मिना साउँद, जितबहादुर निसानी, डम्बर नेपाली, हर्कबहादुर साउँद, बिर्मला बुढथापा, जयन्ती बोगटीको नाम सिफारिस भएको छ ।   यस्तै प्रदेशको समानपातिकतर्फ उम्मेदवार बन्न देवकला चलाउने, केसरी रेग्मी, कृष्णा न्यौपाने, इन्द्र जयगडी र कल्लानसिंह बोगटी रहनुभएको छ ।

प्रतिकृया दिनुहोस्