×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाँकेमा थप आठ कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप आठ कोरोना संक्रमितको मृत्यु

बाँके - बाँकेका बिभिन्न अस्पतालमा उपचाररत २८ वर्षीया महिलासहित थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र शिक्षण अस्पताल कोहलपुरमा एक गरी आठ सङ्क्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिएका छन् ।

उहनका अनुसार भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका-५ बाँके निवासी २८ वर्षीया महिला, खजुरा गाउँपालिका-३ निवासी ८५ वर्षीय पुरुष, बाँसगढी नगरपालिका(४ बर्दिया निवासी ४२ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका-३ दाङ निवासी ६५ वर्षीय पुरुषको गए राति उपचारका क्रममा कारण मृत्यु भएको हो

यसैगरी भेरी अस्पताल नेपालगञ्जमै उपचाररत बढैयाताल गाउँपालिका-८ बर्दिया निवासी ४५ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका(४ कैलाली निवासी ४५ वर्षीय पुरुष र गुलरिया नगरपालिका(४ बर्दिया निवासी ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा राप्तीसोनारी गाउँपालिका-६ बाँके निवासी ५४ वर्षीय पुरुषको आज बिहान १ः२० बजे मृत्यु भएकोे छ । यससँगै कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २१४ र जिल्लाकै २५६ गरी ४७० जनाको मृत्यु भइसकेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताएका छन् । 
 

प्रतिकृया दिनुहोस्