×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बिपी हाइवे पुनः निर्माण गर्न जापानी प्राविधिक नेपाल आउने

बिपी हाइवे पुनः निर्माण गर्न जापानी प्राविधिक नेपाल आउने

काठमाडौं - बिपी राजमार्ग पुनः निर्माण गर्न जापानी प्राविधिक नेपाल आउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भत्किएको १२ किमि सडक पुनर्निर्माणको अध्ययन गर्न टोली आउन लागेको जानकारी दिएका हुन् ।

मन्त्री दाहालले १०० दिने प्रगति सार्वजनिक गर्दै भत्किएका सडकको सुचारु हुँदा धेरैले खुसी व्यक्त गरेको बताए । बीपी राजमार्ग जापानकै सहयोगमा निर्माण भएकाले पुनः निर्माण गर्न चाहे सरकारले सकारात्मक रुपमा लिने बताए । मन्त्रालयले बाढी पहिरोले करिब ६ अर्ब बढी क्षति भएको अनुमान गरिए पनि पुनर्निर्माण गर्न १५ अर्ब १६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यता, बिपी राजमार्गका विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि सडक डिभिजन कार्यालय भक्तपुर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका को निर्णयको पर्खाइमा बसेको छ । कार्यालयले केही दिनमै जाइकाको निर्णय आउने भएकाले निर्णय आएलगत्तै पुनर्निर्माणको काम थालिने जनाएको छ ।


बिपी राजमार्ग धुलिखेल–सिन्धुली–बर्दिबास अन्तर्गत काभ्रेपलान्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त अवस्थामा छ । केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्ग पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग शिष्टाचार भेट गरी सहयोगबारे छलफल गरेका थिए ।

सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले  योगेशका अनुसार प्रम ओलीसँग राजमार्ग पुनर्निर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक–दुई दिनमै थप छलफल गर्ने योजना तय गरिएको छ । बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय, राजमार्गअन्तर्गतका स्थानीय तह, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा असोज २५ गतेबाट सञ्चालन गर्न सफल भइएको हो । पछिल्लो पटक राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको रोशी गाउँपालिका–९ मङ्गलवारस्थित बोक्सीकुनामा ‘डाइभर्सन’ बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी सञ्चालनमा ल्याइएको योगेशले बताए ।

उनका अनुसार बाढीपहिरोले राजमार्गको काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब २०० मिटर सडक पनि अस्थायी रूपमा एकतर्फी खुलाइएको थियो । बाढीपहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमाथ्ल नेपालथोकसम्म क्षति पु¥याएपछि उक्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । राजमार्गको सडक, पुल र कल्भर्ट बगेको स्थानमा हाललाई सडक सञ्चालनार्थ अस्थायी संरचना निर्माण गरिएको योगेशले बताए ।

उनका अनुसार धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बहाबलाई सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ ।

प्रतिकृया दिनुहोस्