झरना थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘भगवत् गीता’को अभिनेतामा विपिन कार्की अनुबन्धित भएका छन् । हालसालै निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको छ ।
चलचित्रमा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख पात्रको रुपमा देखिने भएका हुन् । माघ २० गतेदेखि छायांकन सुरु हुने चलचित्रमा विपिनले अभिनेताकै भूमिकामा अभिनय गर्ने निर्माता सुनिलकुमार थापाले जानकारी दिए ।
योसँगै चलचित्रमा प्रमुख कलाकारको समीकरण पूरा भएको छ । जनकपुर र मनाङ आसपासमा छायांकन हुने चलचित्रमा स्थानीय कलाकार पनि सहभागी हुनेछन् ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई आगामी वैशाख १ गते रिलिज गर्ने यसअघि नै घोषणा गरिसकिएको छ ।