×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल ट्यालेन्ट हन्टः डिजिटल अडिसन सुरु, गायकदेखि कलाकारसम्म खोज्ने, पुरस्कार ५० लाख

नेपाल ट्यालेन्ट हन्टः डिजिटल अडिसन सुरु, गायकदेखि कलाकारसम्म खोज्ने, पुरस्कार ५० लाख

काठमाडौं- नेपाल ट्यालेन्ट हन्टको डिजिटल अडिसन सुरु भएको छ। नेपालमै पहिलोपटक अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको ट्यालेन्ट हन्टको डिजिटल अडिसन सुरु भएको आयोजक साइना साहारा ग्रुपले जानकारी दिएको छ।

नेपाल ट्यालेन्ट हन्टमा भाग लिन चाहने कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्नेछन्। अडिसनमा सहभागी हुन चाहाने प्रतियोगिले १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाएर आयोजकको ठेगानामा पठाउनुपर्नेछ।

रियालिटी सोको निर्णायकको रुपमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल रहेका छन्। साइना साहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्माता टेकप्रसाद बाँस्तोला रहेका छन भने निर्देशकमा हरी शर्मा र प्रोग्राम हेडमा सहदेव कोइराला रहेका छन्।

सोका निर्माता बाँस्तोलाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडीआदि विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने बताए।

सोमा विजेता हुने प्रतियोगीले ५० लाखदेखि विभिन्न अवसरसम्म प्राप्त गर्ने आयोजकले जनाएको छ। योबाहेक सम्बन्धित विधामा विजेता बन्ने प्रतियोगिले फिल्म, टेलिसिरियल, म्युजिक भिडियो आदिमा पनि अवसर पाउन सक्ने आयोजकले जानकारी दिएको छ।

असोजमा विजेताको छनोट गरिने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्