कठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला रु. पाँच सयले बढेर रु ९० हजार ३०० कायम गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको हो । छापावाल सुन सोमबार प्रतितोला रु. ८९ हजारमा ८०० मा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला रु ८९ हजार ८५० कायम गरिएको छ जुन सोमबार प्रतितोला रु ८९ हजार ३५० मा कारोबार भएको थियो । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार हुनेछ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔँस एक हजार ७६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।रासस