×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मुलुकमा अहिले पनि वामपन्थी एकताको आवश्यकता छ : झलनाथ खनाल

मुलुकमा अहिले पनि वामपन्थी एकताको आवश्यकता छ : झलनाथ खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अहिले पनि मुलुकमा वामपन्थी एकताको आवश्यकता रहेको बताएका छन् । तर वामपन्थी आन्दोलनका मूल नेताले नै यसको महत्व र आवश्यकता नबुझेकाले तत्काल एकताको सम्भावना नरहेको उनको भनाइ छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मूल नेताहरुले नै वामपन्थी एकताको आवश्यकता बुझ्न नसकेको गुनासो गरे ।

‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर आफूलाई वामपन्थी आन्दोलनका मुल भन्ने नेताहरु जो छन् ती नेताहरु एकताको पक्षमा छैनन्’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘त्यसकारणले नेताहरुले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेला सम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’

 

प्रतिकृया दिनुहोस्