काठमाडौं- त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबीच झडप भएको छ। आइतबार बिहान त्रिवि उपकुलपतिले पत्रकार सम्मेलनको आयोजना गरेका थिए। पत्रकार सम्मेलनमा अनेरास्वीयुलाई मात्रै प्रवेश दिएको र नेविसंघलाई प्रवेश निषेध गरेपछि झडप भएको हो।
गत शुक्रबार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्का महत्वपूर्ण कागजात नियन्त्रणमा लिएर शिक्षामन्त्रीलाई बुझाएपछि त्रिवि रजिष्टारको कार्यालयले शनिबार सुरक्षाको माग गरेको थियो।
झडपमा परि एक प्रहरी निरीक्षकसहित दुई नेविसंघ विद्यार्थी घाइते भएको नेविसंघ त्रिविका कार्यकारी अध्यक्ष गणेश भण्डारी बताए।