×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

पीवी सिन्धु भइन नयाँ इतिहास रच्न सफल

पीवी सिन्धु भइन नयाँ इतिहास रच्न सफल

एजेन्सी - भारतीय चर्चित ब्याडमिन्टन खेलाडी पीवी सिन्धुले नयाँ इतिहास रच्न सफल भएकी छन् । उनी ओलम्पिकमा लगातार २ वटा मेडल हात पार्ने पहिलो भारतीय महिला खेलाडी बन्न सफल बनेकी छन् । यो उपलब्धि हासिल गर्ने उनी सुशील कुमारपछि दोस्रो भारतीय खेलाडी हुन् ।

टोकियो ओलम्पिकमा सिन्धुले चीनकी जियाओ विङलाई केवल ५२ मिनेटमा २१–१३, २१–१५ ले हराउँदै कास्य पद हात पार्न सफल भइन् । सिन्धुले सन् २०१६ को रियो ओलम्पिकमा पनि रजत पदक जितेकी थिइन् । सुशीलले सन् २००८ को बेइजिङ ओलम्पिकमा कास्य र सन् २०१२ को लण्डन ओलम्पिकमा रजत पदक जितेका थिए ।

ओलम्पिकमा ब्याडमिन्टनबाट भारतको यो तेस्रो पदक हो । सन् २०१२ को लण्डन ओलम्पिकमा साइना नेहवालले भारतका लागि पदक जितेकी थिइन् ।

टोकियो ओलम्पिकमा भारतको यो तेस्रो पदक हो । सबैभन्दा पहिले मीराबाई चानूले भारोत्तोलनमा भारतलाई रजत पदक दिलाएकी थिइन् । त्यसपछि बक्सर लवलिना बोरगोहेनले वेल्टरवेट समूहमा सेमिफाइनलमा पुगेर भारतका लागि मेडल पक्का गरिसकेकी छन् ।

प्रतिकृया दिनुहोस्