×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपालविरुद्ध ओमान : टस जितेर ब्याटिङमा

नेपालविरुद्ध ओमान : टस जितेर ब्याटिङमा

काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग २ क्रिकेटअन्तर्गत ओमानले नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालको प्रतियोगितामा यो पहिलो खेल हो । यो समाचार तयार पार्दासमम ओमनले २ विकेटको क्षतिमा ७ खेल्दै ३१ रन बनाएको छ । 

ओमान अघिल्लो दिन घरेलु टोली ओमानसँग पहिलो खेलमा १ सय १४ रनले पराजित भएको थियो ।
आसिफ र आदिल अन्सारीलाई नेपालको १४ सदस्यीय टोलीमा राखिएको छैन । कुशलसहित सागर ढकाल र किशोर महतोलाई वैकल्पिकमा राखिएको छ ।
सन्दीप लामिछानेको कप्तानीमा सुवास खकुरेल, सुनील धमला, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सोमपाल कामी, करण केसी र सुसन भारी  छन् ।

लिग २ मा नेपालले चौथो शृंखला खेलिरहेको हो । यसअघि ओमानसँगको चार खेलमा नेपाल तीनमा पराजित भएको थियो । गत सेप्टेम्बरमा सन्दीप र करण केसीको ४-४ विकेट तथा ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले ओमानमाथि ७ विकेटको जित हात पारेको थियो ।

ओमान लिग २ को शीर्ष टोली हो । यसै शृंखलापछि उसले ३ वर्षे लिग २ को साइकल पूरा गर्दैछ । ३२ खेलबाट ४० अंक जोडी ओमान शीर्ष स्थानमा छ । नेपाल १२ खेलमा १२ अंकसहित सात राष्ट्र सहभागी लिग २ को छैटौं स्थानमा छ । लिग २ को शीर्ष ३ मा पर्ने टोलीले २०२३ को जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छ । शीर्ष ३ सँगै लिग २ को चौथो र पाँचौं स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने छ ।

प्रतिकृया दिनुहोस्