×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नरवणे भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’ नियुक्त

नरवणे भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’ नियुक्त

 एजेन्शी - भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा भारतको स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे नियुक्त भएका छन् ।
रावतको निधनपछि दोस्रो वरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्णले कार्यवाहक सीडीएसको जिम्मेवारी सम्हालिरहेका थिए । नरवणेको पदोन्नतिसँगै लेफ्टिनेन्ट जनरल चण्डी प्रसाद मोहांटीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ ।
भारतीय सेनाका २७ औं चीफ अफ आर्मी स्टाफ रहेका मनोज मुकुन्द नरवणे अब चीफ अफ डिफेन्स स्टाफ भएका छन् । भारतको पूणेमा जन्मिएका ६१ वर्षीय नरवणे सातौं शिख लाइट इन्फेन्ट्री युनिटमा आवद्ध रहेका छन् ।

प्रतिकृया दिनुहोस्