×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तरकारीले बजार पाएन, शीतभण्डार नहुँदा मर्कामा किसान

तरकारीले बजार पाएन, शीतभण्डार नहुँदा मर्कामा किसान

बाक्लो हुस्सु र शीतलहरले तराई मधेशमा उत्पादन भएको तरकारी नोक्सान हुने चिन्तामा छन् । उत्पादित तरकारी बेच्न बजारको चिन्ता छ । दु:खजिलो गरेर उब्जाएको तरकारीले बजार र उचित भाउ नपाएपछि तरकारी कुहिने डरमा सस्तोमै बेचिरहेको गौशाला–३ की किसान गंगा चौधरीले बताइन् ।  तरकारी बेच्न बर्दिबास बजार पुग्ने गरेकी उनले लगानी र ढुवानी खर्चसमेत उठाउन मुस्किल भइरहेको बताइन् । गत शनिबार प्रतिकिलो १० रुपैयाँमा बेचेको काउली आइतबार त्यही भाउमा पनि बिक्री हुन समस्या भएको उनले बताइन् । बीउबिजन, खनजोत, मलखाद, औषधि, परिश्रम जोड्दा काउलीको कुनै मूल्य नपाएको उनले बताइन् ।  बर्दिबास–६ किसाननगरबाट तरकारी बेच्न पुगेका सुनिल सिंह बजारमा तरकारीको भाउ देखेर खेती नै बेकार जस्तो लाग्न थालेको बताउँछन् । ‘महिनौं दु:ख गरेर तरकारी उब्जायो,’ उनले भने,‘फल खानेबेला बेच्नु कl कुहिन दिनु दोधारको अवस्था आइपुग्छ । आफै|ले बेच्दा किलोमा २/४ बढी पाइन्छ । व्यापारीलाई दिने हो भने अझ फालेरै हिँड्न पर्ने भाउ हुन्छ ।’

गत साताको तुलनामा बर्दिबास बजारमा तरकारीको भाउ ४ गुणा सस्तो भएको छ । सातादेखि बजारमा तरकारीले भाउ नपाएको किसान बताउँछन् । गत साता ७० देखि १ सयसम्म बिक्री भएको काउली १० रुपैयाँ किलोमा झरेको छ । कृषि उपज बजार सञ्चालक समिति बर्दिबासका अनुसार गत साता १ सय २० रुपैयाँसम्ममा बिक्री भएको आलु ४०, बन्दा ६० बाट २०, मूला ४० बाट ५, भान्टा ६० बाट २० रुपैयाँ प्रतिकेजीमा झरेको छ ।

प्रतिकृया दिनुहोस्