×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मध्यपुर थिमिका उपप्रमुख श्रेष्ठमाथि हातपात

मध्यपुर थिमिका उपप्रमुख श्रेष्ठमाथि हातपात

काठमाडौं- मध्यपुर थिमि नगरपालिकाका नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि हातपात भएको छ । विकास निर्माण कार्यको अनुगमनका लागि निगु पुखु क्षेत्रमा पुगेका उपप्रमुख श्रेष्ठमाथि हातपात भएको हो । 

उनलाई नगरपालिकाको वडा नम्बर ५ बस्ने सुमन जोशीलगायतका समूहले हातपात गरेको पालिकाले जनाएको छ । 

बालकुमारी हात्तिमहाकाल सडक आयोजनाको योजना अन्तर्गत निगु पोखरी टोलमा ढुंगा विछ्याउने कार्यका लागि गत माघमा उपभोक्ता समिति गठन गरिएको थियो । सोही कार्यको अनुगमन गर्न पुगेको उपप्रमुखलाई हातपात भएको नगरपालिकाले जनाएको  छ । 

सो घटनाको दोषीमाथि कारबाही गर्नको माग राख्दै  नगरपालिकाले प्रेस विज्ञप्ती समेत जारी गरेको छ । 

प्रतिकृया दिनुहोस्