चुनावको मितिबारे छलफल गर्न गठबन्धनको बैठक
माघ ७, २०७८काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । स्थानीय तहको निर्वाचन कि संघीय संसद्को निर्वाचन पहिला भन्ने बहस चलिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक ४ बजे बस्न लागेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार गठबन्धनको बैठकमा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
सबै पढ्नुहोस