×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

७७ वटै जिल्ला कमिटीमा आइटी विज्ञ राख्दै एमाले

७७ वटै जिल्ला कमिटीमा आइटी विज्ञ राख्दै एमाले

काठमाडौं - नेकपा एमालेले ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ ।  बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले आइटी विज्ञ नियुक्त गर्ने निर्णय हो । केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको  प्रचार विभाग प्रमुख एवम् पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।
‘केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको छ’ उनले भने । फागुन र चैत महिनासम्म सदस्यता वितरण र नवीकरण गर्ने निर्णय सचिवालय बैठकले गरेको छ ।  प्रदेश र जिल्लामा नवीकरण र अद्यावधिक पनि गरिने उनले बताए । नियमावली अनुसार पार्टी सदस्यता शुल्क केन्द्रमा ४०, प्रदेशमा ३० जिल्ला २५ र पालिका १० प्रतिशत राख्ने निर्णय भएको उनले जानकारी दिए । 

प्रतिकृया दिनुहोस्