काठमाडौं - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको बिरोधमा अस्कल क्यामस अगाडी प्रदर्शन गरेका छन्। तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य गोबिन्द थपलिया, अदित बोहरा र केन्द्रीय सदस्य कमलराज जोशी,किंगा शेर्पाको उपस्थितिमा तथा अनेरास्ववियु अमृत क्याम्पसको आयोजनामा भएको थियो।
यो मापशे सरकारले अस्वाभाविक रुपमा आम जनताको ढाडसेक्ने गरि मुल्य वृद्धि गरेको भन्दै मुल्य समायोजन नहुन्जेल बिरोधका कार्यक्रम जारी रहने अनेरास्ववियु अस्कल क्याम्पस कमिटि अध्यक्ष रुद्रहरी पोखरेलले जानकारी दिए।
तस्वीरहरु