काठमाडौँ।नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले शेरबहादुर देउवालाई सर्वोच्च अदालतले परमादेशमार्फत प्रधान मन्त्री बनाउँदा संसद्को अधिकार खोसिएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सचिव रायमाझीले आफूहरूको असहमति भए पनि देउवालाई प्रधान मन्त्रीका रूपमा स्वीकार गरेको बताए ।
उनले भने, ‘हाम्रा असहमतिसहित भए पनि सरकारको प्रधान मन्त्री मानिरहेका छौँ, यद्यपि टिको लाएर प्रधान मन्त्री हुँदैन । सर्वोच्चले त्यो गर्न मिल्दैन । त्यो त संसद्को अधिकारको कुरा हो । संसद्लाई बलिको बाख्रो बनाइयो । संसद्को अधिकार खोसियो ।’
उनले प्रधान मन्त्रीले आवश्यक ठानेका कुरा संसद्मा राख्न खोज्दा सभामुखले नमानेर हुन्छ ? भन्दै प्रश्न समेत गरे । सभामुख अग्निप्रसाद सापकोटा कानूनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने उनले बताए ।