टीकापुर घटनाको सर्वोच्चमा आज पेसी
माघ २२, २०७९काठमाडौं- कैलालीको टिकापुर घटनाको पेसी आज तोकिएको छ। उक्त मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको हो। ८ पटकसम्म साधारण तारिक र ६ पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज बहस हुने जनाइएको छ। प्रदेश सिमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो।
सबै पढ्नुहोस