×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राजीनामा माग्नेहरूलाई मेयर बलेनले दिय चुनौती

राजीनामा माग्नेहरूलाई मेयर बलेनले दिय चुनौती

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा गराउन कसैले नि नसक्ने आशय व्यक्त गरेका छन् । दिउँसो सामाजिक सञ्जालमार्फत आफूलाई मेयर पदबाट राजीनामा गर्न लगाउन खोज्नेहरु रहेको भन्दै यो देश कहिल्यै नबन्ने टिप्पणी गरेका थिए । 

त्यसमाथि विभिन्न टिकाटिप्पणी भइरहेका बेला राति अर्को स्टाटस लेख्दै उनले आफूलाई कसैले नि नसक्ने बताएका हुन् ।  ‘अटल , अजर , अडिग ,निडर । कसैले नि सक्दैन । आई डन्ट गिभ अप (मैले हार मान्दिनँ)’, उनले भनेका छन् ।  बालेनले बेलाबेलामा विवादास्पद अभिव्यक्ति सामाजिक सञ्जालमार्फत दिँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्