×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

असमावेशी नेतृत्वमा अभूतपूर्व सहमति

असमावेशी नेतृत्वमा अभूतपूर्व सहमति

 काठमाडौं-सत्ता गठबन्धन बदल्ने निर्णयबाट खुशी र गर्व महसुस गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संविधानमाथिको खतरा टार्न दुई महिनामै गठबन्धन बदल्नु परेको प्रष्टोक्ति दिए ।

नेकपा एमालेको समर्थनमा आफू १० पुसमा प्रधानमन्त्री भएपनि त्यो गठबन्धन संविधान र राष्ट्रको हितमा नदेखेको प्रचण्डले बताए । ‘जुन गठबन्धनमा छु, यो संविधान र राष्ट्रको हितमा छैन’, प्रचण्डले एमाले नेतृत्वको गठबन्धनबारे भने । नेपाली कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन बनाउँदा भने खुशी र गर्व महसुस भएको अनुभूति सुनाए, ‘हिजो (शुक्रबार) खुशी र गर्व महसुस गरेँ ।’

प्रचण्डले शुक्रबार बदलेको गठबन्धनबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनेका छन् । एमालेले सुवास नेम्वाङलाई अगाडि सारेको छ । यदि प्रचण्डले गठबन्धन नबदलेका थिए भने एमालेका उम्मेदवार मुलुकको तेस्रो राष्ट्रपति बन्ने लगभग पक्का थियो ।

तर प्रचण्ड चुनावअघि कांग्रेस नेतृत्वमा रहेको पुरानै गठबन्धनमा फर्किएकाले एमालेका उम्मेदवारलाई जित्न आवश्यक मतभार नपुग्ने प्रष्ट छ । २५ फागुनसम्म कुनै चमत्कार नभए पौडेल राष्ट्रपति निर्वाचित हुने निश्चित छ । पौडेललाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी), नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले मत दिने सहमति शुक्रबारको बालुवाटार बैठकले गरेको छ ।

प्रतिकृया दिनुहोस्