फ्रेन्च लिग : एम्बापे घाइते भएको खेलमा पीएसजी विजयी
माघ १९, २०७९काठमाडौँ- फ्रेन्च लिगमा वानमा पेरिस सेन्ट जर्मने (पीएसजी) विजयी भएको छ । बुधबार राती भएको खेलमा पीएसजीले मोन्टेपिलरलाई ३-१ ले पराजित गरेको हो । पीएसजीले जिते पनि स्टार फरवार्ड केलियन एमबाप्पेका लागि भने बुधबारको खेल बिर्सनलायक बन्यो । एमबाप्पेले घाइते भएर मैदान छाड्नुअघि दुई पटक पेनाल्टीमा चुके भने पोष्ट नजिकैबाट रिबाउन्डमा पनि गोल गर्न सकेनन् ।
सबै पढ्नुहोस