×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हेलिकप्टरमार्फत् सुत्केरीको उद्धार

हेलिकप्टरमार्फत् सुत्केरीको उद्धार

कालीकाेट - जिल्ला अस्पताल कालीकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । तिलागुफा नगरपालिका वडा नम्बर ७ की ३४ वर्षीया दन्दा विष्ट रावतको अत्यधिक रक्तश्राप भएपछि हेलिकप्टरमार्फत् उद्धार गरिएको हो ।

रावतलाई थप उपचारका लागि हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका स्वास्थ्य व्यवस्थापक डा. रत्नवीर सुनारले नन्दा विष्टको बच्चाभन्दा पाठेघरको मुखमा पहिला साल आएर बसेको र अत्यधिक रक्तश्राव भएपछि जिल्लामा उपचार सम्भव नभएकाले सुर्खेत पठाइएको बताउनु भयो । उहाँलाई तत्काल अप्रेसनपछि बच्चालाई आईसीयूमा राख्नुपर्ने भएकाले प्रदेश अस्पताल पठाइएको अस्पतालले प्रशासनले जनाएको छ ।

हवाई उद्धारका लागि कर्णाली प्रदेश सभा सदस्य माननीय दुर्ग रावत, प्रमुख जिल्ला अधिकारी जोरा सिङ माझी र सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले आवश्यक समन्वय गर्नु भएको जिल्ला अस्पताल कालीकोटका सूचना अधिकारी कटक महतले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्