×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच ‘भनाभन’

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच ‘भनाभन’

काठमाडौं - राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताबीच आन्तरिक छलफलले तीव्रता पाएको छ । शीर्ष नेताबीच दिनहुँ ‘सामूहिक’ एवं ‘वान टु वान’ छलफल बढ्दै गइरहेको भए पनि सहमतिको मिलनबिन्दु भेटिएको छैन् ।

सत्तारूढका साथै प्रतिपक्षी दलका शीर्ष नेताबीच छलफल चलिरहेको छ । सत्ता साझेदार दलले गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा शुक्रबार राष्ट्रपति निर्वाचनबारे छलफल भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रपति निर्वाचनबारे खास छलफल गर्नुपर्ने विषय केही नभएको प्रतिक्रिया दिए । बैठकमा सरकारको कामको समीक्षा गर्दै अगामी दिनमा सरकारका काम थप प्रभावकारी कसरी बनाउनेबारे छलफल भएको उनले बताए ।

‘राष्ट्रपति चुनावबारे छलफल गर्नुपर्ने कुरै के छ र ? सबै पहिले नै तय भइसकेको कुरामा छलफल आवश्यक भएन नि,’ लिङदेनले भने, ‘अहिलेसम्म सरकारले गरेका कामबारे समीक्षा भयो । अब कसरी अगाडि बढ्ने भन्नेमा पनि छलफल भयो ।’

लिङ्देनले भनेजस्तै राष्ट्रपति निर्वाचनबारे थप छलफल गर्नुपर्ने आवश्यक छैन । कारण सरकार गठन गर्नुभन्दा अघि सत्तारूढ दलबीच भएको सहमतिअनुसार माओवादी केन्द्रले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुखसहितका पदमा भागबन्डा भइसकेको छ ।

तर, उच्चस्तरी संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचनको विषय लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीका बीचमा ‘भनाभन’ भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा गर्नुपर्ने आवश्यक्ता’bout बोल्दै गर्दा एमाले अध्यक्ष ओलीले प्रतिवाद गरेका छन् ।

‘प्रधानमन्त्री प्रचण्डको चाहना राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा साझा व्यक्तिलाई ल्याउनुपर्नेमा छलफल गर्नु थियो’ ती नेताले भने, ‘तर एमाले अध्यक्ष ओलीले यस’bout अब सल्लाह गर्नुपर्ने विषय नै के छ र ? यसबारे  त पहिल्यै टुंगो लागिसकेकाले थप छलफलको आवश्यकता नै छैन ।’

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने निर्णय गरिसकेको छ । तर, सोभन्दा अघि सत्तारूढ दलबीच सरकार गठनअघि नै राष्ट्रपति एमालेको भागमा परेको र त्यस बारेमा सहमति भइसकेको छ । तर, माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति दलका कार्यकर्ता राष्ट्रपति हुँदा विगतमा दुःख पाएको टिप्पणी गर्दै साझा व्यक्तिको खोजी गर्दै राष्ट्रिय सहमतिमै चयन गर्नुपर्नेमा जोड दिएका थिए ।

उता, संसद् बैठकबाट बाहिरिँदै गर्दा एमाले अध्यक्ष ओलीले एमालेले भनेकै व्यक्ति राष्ट्रपति हुने टिप्पणी गरेका छन् । एमालेले आफ्नो भागमा परेको राष्ट्रपति पाउनुपर्ने र विगतको समझदारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै आएको छ ।

उच्चस्तरी संयन्त्रको बैठकमा एमाले अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिए पनि पुनः सरकारमा भित्र्याउनुपर्ने सुझाव प्रधानमन्त्री प्रचण्डलाई बैठकमा दिए । तर, प्रधानमन्त्री प्रचण्डले उनको सुझाव त सुने तर कुनै प्रकारको जवाफ नदिई मौन बसिरहेका थिए । आजको राजधानी दैनिकमा छ। 

प्रतिकृया दिनुहोस्