थ्री स्टार क्लबले जित्यो खप्तड गोल्डकप
चैत १८, २०७९काठमाण्डाै- छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ । धनगढी रङ्गशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोलले हराउँदै थ्री स्टार क्लबले उपाधि जितेको हो । उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ पुरस्कार पाएको छ भने मनाङले १० लाख रुपैयाँ पाएको छ ।
सबै पढ्नुहोस