काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्किएको आन्ताल्या पुगेका छन्। नोभेम्बर ९ देखि २० (मंसिर ४) सम्म आयोजना हुने यस सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले आजै (नोभेम्बर ९ / कात्तिक २३) सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने उनले नोभेम्बर ११ र १२ मा हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउनेछन्।
सम्मेलनका क्रममा नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डा : ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स’ विषयक उच्चस्तरीय कार्यक्रममा मन्त्री खनालले विशेष सहभागिता जनाउनेछन्। पर्वतीय क्षेत्रका समस्या, हिमनदी पग्लने क्रम र जलवायु वित्तको मुद्दालाई जोडदार रूपमा उठाउने तयारी गरेका उनले विभिन्न समकक्षी मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्तासमेत गरी आगामी नोभेम्बर १४ (मंसिर २८) मा स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।