१८ दिनपछि खुल्यो कालीगण्डकी करिडोर
साउन ४, २०७८बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ-कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो । आइतबार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी-पहिरोका कारण क्षति पुगेको करिडोर मर्मत गरेपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बागलुङ कुश्मीशेरा सडक भने अझै खुलेको छैन ।
सबै पढ्नुहोस