×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लोकेश बमको तहल्का : एनपीएलका ठूला विदेशी स्टारहरूलाई पछाडि पार्दै १९४ रनसहित सर्वाधिक रनकर्ता

लोकेश बमको तहल्का : एनपीएलका ठूला विदेशी स्टारहरूलाई पछाडि पार्दै १९४ रनसहित सर्वाधिक रनकर्ता

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लिग चरणका १८ खेलहरू सम्पन्न भइसक्दा ब्याटिङतर्फ विदेशी खेलाडीहरूको वर्चस्व देखिएको छ। सर्वाधिक रन बनाउने शीर्ष १० खेलाडीको सूचीमा नेपालका तीन जना ब्याटर मात्र अटाएका छन् भने बाँकी सात स्थानमा अन्तर्राष्ट्रिय खेलाडीहरूले कब्जा जमाएका छन्।

तर, नाम चलेका विश्वविख्यात विदेशी स्टारहरूलाई पछाडि पार्दै विराटनगर किंग्सका लोकेश बम १९४ रनसहित एनपीएलका सर्वाधिक रनकर्ता बन्दै शीर्ष स्थानमा कायम छन्। ५ खेलमा दुई अर्धशतकसहित १५३.९६ को स्ट्राइक रेटमा रन बनाएका लोकेशपछि दोस्रो स्थानमा वेस्ट इन्डिजका आन्द्रे रसेल (१४४ रन) रहेका छन्। शीर्ष १० मा परेका अन्य नेपाली खेलाडीहरूमा कर्णाली याक्सका पवन सर्राफ १०८ रनसहित आठौँ र विराटनगरका इमरान शेख १०० रनसहित दसौँ स्थानमा छन्।

यस्तै, बंगलादेशका साइफ हसन (१४० रन) तेस्रो तथा तीन खेलमै ६३ को उच्च औसतमा १२६ रन बनाएका काठमाण्डु गोर्खाजका अस्ट्रेलियन स्टार डेभिड वार्नर चौथो स्थानमा छन्। अरिफुल इस्लाम, रवि बोपारा, डाविड मलान र मोइन अली क्रमशः पाँचौँ, छैटौँ, सातौँ र नवौँ स्थानमा अटाएका छन्।

 

प्रतिकृया दिनुहोस्